Introduction of Digital Class

Digital Class नेपालको सर्न्दभमा एक नयाँ प्रयोग हो । नेपालको ग्रामीण भेग तथा बिकट क्षेत्रको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई गणित, विज्ञान, अतिरिक्त गणित र English बिषयको न्युनतम सिकाइ उपलब्धिहरुलाई सजिलै हासिल गर्नको निमित्त यस Digital Class ले सहयोग गर्नेछ भन्ने उदेश्य राखि विकाश गरीएको हो ।

दैनिक जीवनमा गणित, विज्ञान, अतिरिक्त गणित र English विषयहरूको महत्व र कक्षा १० पछिको अध्ययनको सिलसिलामा ति विषयहरूका प्रयोग हुने र बिभिन्न प्राविधिक तथा ब्याबसायिक सीपको लागी ति विषयहरूका आधारभुत ज्ञान हुनै पर्ने भएकोले गर्दा यस Digital Class ले विद्यार्थीको गणित, विज्ञान, अतिरिक्त गणित र English सम्बन्धी  ज्ञानलाई अझै फराकिलो बनाउने छ भन्ने उद्देश्य रहेको छ ।

कक्षाकोठामा हरेक विद्यार्थीको सिकाई क्षमता एकै नहुन सक्दछ । उत्कृष्ट सिकाई क्षमता भएको विद्यार्थीलाइ अझै परिष्कृत, मध्यम सिकाई क्षमता भएको विद्यार्थीलाइ उत्कृष्ट तथा कमजोर सिकाई क्षमता भएको विद्यार्थीलाइ उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्ने छ भन्ने यस Digital Class को प्रमुख उद्देश्य हो ।

Digital Class एक शैक्षिक सामग्रीहो अभिवाबक र विद्यार्थीको अत्यन्तै व्यस्त समयको बाबजुद आफ्नो समय अनुकुल यस Digital Class लाई प्रयोग गरी कक्षाकोठामा मा उपस्थित भइ अध्ययन गर्न नसकेको खण्डमा यस कक्षाले पूर्णारूपमा सहयोग गर्ने छ ।

हामीकहाँ अझै पनि परिक्षा पास गर्नु र प्रमाणपत्र लिनुलाई पढेको वा बुझेको मान्ने चलन छ । थाहा पाएर वा नपाएर त्यसै अनुरुप विद्यार्थीले पनि आफूलाई परिक्षा केन्द्रीत भएर तयारी गरिरहेको हुन्छ । परिक्षा केन्द्रीत भएर गरिएको अध्ययन परिक्षा सकिएसंगै विस्तारै विर्सदै जान्छ र व्यवहारीक रुपमा प्रयोग हुन कठिन हुन्छ ।

विद्यार्थीले बुझ्नै पर्ने कुरा के हो भने पढ्नु वा सिक्नु भनेको आफ्नो कक्षा र विषय अनुसारको पाठ बुझ्नु, त्यसबाट ज्ञान लिनु र मनन गरी व्यवहारमा उतार्नु हो । जबसम्म आफूले पढेको पाठ राम्रोसंग बुझेर मनन गर्न सकिँदैन, तबसम्म त्यसलाई व्यवहारमा उतार्न सकिँदैन । त्यसैले पढाईलाई सहि उपयोग गर्न पढेको पाठ राम्रोसंग बुझेर मनन गरेको हुनुपर्छ । बुझेर पढ्ने र मनन गर्ने बानीको विकास भयो  भने मात्र पढाईको सही उपयोग गर्न सकिन्छ ।

यहि कुरालाई मध्यनजर गर्दै डिजिटल क्लासले कक्षा १० का विद्यार्थीलाई उनीहरुको कक्षामा पढाई हुने मुख्य विषयहरू गणित, विज्ञान, अतिरिक्त गणित र English का पाठ्यक्रम अनुसार पाठहरुलाई भिडियो, चित्र अनुसारको आवाज र इलुस्ट्रेसनको सहायताले राम्रो संग बुझेर मनन गर्न सक्नेगरी तयार गरेको छ । कक्षा १० को गणित विषयमा आधारित रहेर तयार गरिएको अडियो भिडियो सहितको शैक्षिक सामग्री नै डिजिटल क्लास हो ।

Install the Application of Digital class from Play store

This Content is helpful? Write your Responce